मुखमा ट्युमर पलाएकी किशोरीलाई उपचारका लागि सहयोग

हिमाली आवाज । सेवामा समर्पित लायन्स क्लव अफ पोखरा चौतारीद्धारा पोखरा २१ कृष्ति नाच्नेचौरस्थित भविष्य निर्माण माध्यामिक विद्यालयका विद्यार्थीलाई आर्थिक सहयोग एवम् शैक्षिक सामग्री उपलव्ध गराएको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच क्लवद्धारा कक्षा १० मा अध्ययनरत मुखमा टयूमर पलाएकी विद्यार्थी भगवती खत्रीको उपचारार्थ रु.५० हजार, २३ हजार ५८५ रुपैया बरावरका ३५ थान अग्रेजी माध्यमका पुस्तक तथा १० थान झोला हस्तान्तरण गरिएको हो ।

सोही कार्यक्रममा लायन्स मोहनबाबु खड्काले अतिविपन्न एवम् जेहेन्दार विद्यार्थी डिप्सन जिसीको अभिभावकत्व समेत ग्रहण गर्नुभयो । उक्त विद्यालयको कक्षा तीनमा अध्ययनरत जिसीको दश जोड दुईसम्मको सम्पूर्ण पढाई खर्च व्यहोर्ने उहाँले घोषणा गर्नुभएको हो ।

नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष लायन्स सञ्जीव बहादुर कोइरालले अग्रेजी किताव उपलव्ध गराइएका १५ जना विपन्न विद्यार्थीलाई थप शैक्षिक सामग्री खरिदका लागि जनही एक । एक हजारका दरले १५ हजार रुपैया हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा लायन्स किशोर बरालले बिभिन्न पेशा व्यवसायमा लागेका लायन्सका सदस्यहरुले आफुले आर्जन गरेको रकमको केही प्रतिशत सामाजिक सेवामा लगाउने गरेको बताउनुभयो ।

पोखरा महानगरपालिकाको सहकार्यमा लेखनाथमा सञ्चालित कोभिड अस्पताल सञ्चालनका लागि लायन्स क्लवहरुको सकृयतामा एक करोड ३० लाख रुपैया आर्थिक सहयोग गरिएको सो अवसरमा उहाँले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले लायन्स क्लव अफ पोखरा चौतारीले विद्यार्थी भगवती खत्रीको उपचार लगायत विद्यालयको प्रत्येक क्षेत्रमा पु¥याउँदै आएको सहयोगको सराहना गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

क्लवका अध्यक्ष सरोज कुमार सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स प्रजापति बास्तोला, पुरुषोत्तम पराजुली, निवर्तमान अध्यक्ष गुरुप्रसाद पौडेल, विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटा, रामचन्द्र अधिकारी लगायतले लायन्सको महत्व माथि प्रकाश पार्दै आवद्ध सदस्यहरुको सहयोगबाट समाजका हरेक गतिविधिमा सक्दो सहयोग गर्दै आएको धारणा राख्नुभयो ।

Comments
Loading...