पोखराको फुर्से खोलाको बीचमा अड्किएका ट्याक्टर चालकको सकुशल उद्धार

हिमाली आवाज । पोखराको फुस्र्रे खोलामा नदीको बहाब बढेपछि अड्किएकामा एक चालकको सकुशल उद्धार गरिएको छ ।

सल्यान त्रिवेणी गाँउपालिका–४ घर भई हाल पोखरा–१७ विरौटा बस्ने वर्ष ३० काखलोक बहादुर विष्टलाई उद्दार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

हिजो राति पोखरा महानगरपालिका–२१ कृष्टिबाट पोखरातर्फ कुखुरा लिई आउँदै गरेको ग १ त १७७७ नं.को ट्याक्टर पोखरा महानगरपालिका–२१ फुर्से खोलाको बिच भागमा अबिरल वर्षाको कारण पानीको बहाब बढी भएपछि अड्किएको थियो । प्रहरीले चालकको अवस्था सामान्य रहेको र उद्धारपछि अस्पताल लगिएको जनाएको छ ।

Comments
Loading...