सरकार–निजी क्षेत्र सँगसँगै : मुख्यमन्त्री पोखरेल

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न खोजेको बताउनुभएको छ ।

प्रदेश नीति तथा योजना आयोगले मौद्रिक नीतिका बारेमा आइतबार साँझ गरेको छलफलमा उहाँले यसका लागि कस्तो वातावरण चाहिन्छ बसेर छलफल गर्न आफू तयार रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भननुभयो, ‘हामीले दिएका सुझावलाई पक्कै पनि राष्ट्र बंैेकले अबलम्वन गर्छ ।’प्रदेशको वस्तुस्थिति अनुसारको मौद्रिक नीति आओस् भनेर व्यवसायीहरुसँग छलफल गरिएको मुख्यमन्त्रीले बताउनुभयो ।

नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अगाडि बढेको भन्दै उहाँले भन्नुभयो, ‘पहिला त हामी बाँच्नुप¥यो, स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रदेश अगाडि बढेको छ ।’ सरकारको मापदण्डमा रहेर निजी क्षेत्रको सहयोगमा प्रदेश सरकार खोप किन्न तयार रहेको भन्दै यसका लागि सम्पर्क स्थापित गर्न व्यवसायीहरुको सहयोग जरुरी रहेको उहाँले स्पष्ट पार्नुभयो ।

बिना विभागीय मन्त्री हरिशरण आचार्यले राज्य र निजी क्षेत्रको सम्बन्ध प्रष्ट पारेर अगाडि बढेमा मात्र समृद्धि सम्भव भएको भनाई राख्नुभयो ।
नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्लेले संघीय प्रणालीमा आएपछि पनि मौद्रिक नीतिको ढाँचामा परिवर्तन हुन नसकेको बताउनुभयो ।

Comments
Loading...