कास्की काँग्रेसका नेता कुँबरको कोरोना संक्रमणबाट निधन

हिमाली आवाज । नेपाली काँग्रेस कास्कीका नेता एवं नेपाल ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँबरको कोरोना संक्रमणबाट निधन भएको छ ।

संक्रमणपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कुँवरको आज दिउँसो निधन भएको हो । कुँवर स्थानीय तहको निर्वाचनमा कांग्रेसकातर्फबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार हुनुहुन्थयो । कुँवर नेपाली कांग्रेसका पुराना र ईमानदार नेताका रुपमा चिनिनुहुन्थ्यो ।

उहाँ विसं २०३६ सालको प्यारामेडिकल आन्दोलनबाट नेपालको ट्रेड युनियन आन्दोलन र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिनुभएको थियो ।

Comments
Loading...