मुख्यमन्त्री पोखरेलको राजनीतिक सल्लाहकारमा कमाल नियुक्त

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कमाल(कुमाल) नियुक्त हुनुभएको छ ।

नवलपुर बुलिङटारका कमाललाई गत आइतबारको मन्त्रिपरिषद बैठकले राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
लामो समय शिक्षा क्षेत्रको क्रियाशील कमाल क्षेत्रीय शिक्षा निर्देशकबाट अवकाशप्राप्त हुनुहुन्छ । अवकाशपछि उहाँ राजनीतिमा सक्रिय हुनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर कमालले काठमाडौं विश्वविद्यालयबाट एमफिल गर्नुभएको छ । मुख्यमन्त्रीले ५ जनासम्म विज्ञ नियुक्त गर्न पाउने प्रावधान छ । राजनीतिक सल्लाहकारले प्रदेश राज्यमन्त्री सरह सुविधा पाउने नियम छ ।

Comments
Loading...