पोखराको राष्ट्रिय विभूति पार्कमा मदन भण्डारीको शालिक राखिने

हिमाली आवाज । पोखरा महानगरपालिकाले वडा नं १८ को जामुनबोटमा बनाएको राष्ट्रिय विभूति तथा सहिद पार्कमा मदन भण्डारी शालिक राखिने भएको छ ।

तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीको पूर्ण कदको शालिक राख्नका लागि मदन भण्डारी फाउन्डेसन कास्कीले काम अघि बढाएको छ ।महानगर प्रमुख मानबहादुुर जिसीले शालिकको आज एक कार्यक्रमकाबीच शिलान्यास गर्नुभयो ।

जननेता मदन भण्डारीको ७० औं जन्म जयन्तीका अवसरमा फाउन्डेसनले वृक्षरोपण तथा भण्डारीको पूर्ण कदको शालिक निर्माणको शिलान्यास कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा महानगरपालिका प्रमुख जिसीले भण्डारीको विचारको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका विचारलाई बुझ्ने सवालमा पार्टीको केन्द्रमा समेत दुविधा रहेकाले अहिलेको परिस्थिति सिर्जना भएको भनाई उहाँको छ ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य भीम कार्कीले शालिक स्थापनापछि भण्डारीका विचारलाई थप विस्तार र योगदानलाई जनमानसमा पु¥याउन सहयोगी हुने भनाई राख्नुभयो ।फाउन्डेसनले पार्क भित्र भण्डारीको पूर्णकदको शालिक निर्माण गर्नुका साथ आकर्षक वाटिका निर्माण गर्ने भएको छ ।

मदन भण्डारी फाउन्डेसन कास्कीका अध्यक्ष माधव बास्तोलाको वडा नम्बर १८ का अध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापा, फाउन्डेसनका सदस्य हिरा गिरीले जननेता मदन भण्डारीको बारेमा चर्चा गर्नु भएको थियो ।

Comments
Loading...