सेतीदोभानमा पहिरो जाँदा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

मुग्लिन ।  हिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

सेतीदोभान भन्ने ठाउँमा पहिरो आएर नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिनुभयो । पहिरो खुलाउने प्रयास भइरहेको उहाँको भनाई छ ।

सडक अबरुद्ध हुँदा सवारी साधनहरूको लामो लाइन रातिदेखि नै लागेको छ । प्रहरीले सकेसम्म नारायणगढ–मुग्लिन सडकको सट्टा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न अनुरोध गर्दै आएको छ ।

Comments
Loading...