अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि,२८ वर्षपछि मेसीले दिलाए सफलता

हिमाली आवाज । अमेरिकाले कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । लियोनल मेसीले २८ वर्षपछि अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा ठूलो सफलता दिलाएका छन् ।ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
अर्जेन्टिनाका लागि खेलको २२औं मिनेटमा डि पाउलको लामो पासमा डि मारियाले गोल गरेका थिए। त्यहि गोल अर्जेन्टिनाका लागि उपाधि जित्न पर्याप्त भयो।

अहिलेसम्म मेसीले नेतृत्व गरेका नौ वटा मुख्य अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्जेन्टिनाले उपाधि जित्न सकेको थिएन। मेसीको नेतृत्वमा अर्जेन्टिनाको लागि पहिलो उपाधि हो।

यसअघि अर्जेन्टिनाले सन् १९९३ मा अर्मियो फ्रेन्ची ट्रफी र सन् १९९२ मा फिफा कन्फेडेरेन्स कप जितेको थियो। यसअघि मेसीको नेतृत्वमा सन् २०१४ को विश्वकपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको थिएन।

Comments
Loading...