पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा खसेको सुक्खा पहिरोका कारण यातायात अवरुद्ध भएको छ।

health

इच्छाकामना–६ मा पर्ने कालीखोलामा सोमबार बिहान करिब साढे ४ बजेतिर सडकमा पहिरो खसेको थियो। अहिले पनि सुक्खा पहिरो खस्नेक्रम चलिरहेकाले सवारी साधन चल्न सकेका छैनन्।

पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

टिप्पणिहरु
Loading...