सर्वोच्चद्धारा प्रतिनिधि सभा विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

काठमाडौँ । सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पतिबाट गरिएको संसद विघटनलाई बदर गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले आज विघटन बदर गरी संसद पुनःस्थापनको फैसला गरेको हो ।

यसैगरी सर्वोच्चले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश आदेश जारी गरेको छ । प्रतिनिधि सभा विघटन मुद्दा बदर गर्दै सर्वाेच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो ।

संसद विघटन असंवैधानिक भएको भन्दै परेको रिटमा सुनुवाई गर्दै अदालतले निवेदकको माग बमोजिम देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न आदेश जारी गरेको हो ।

Comments
Loading...