देउवा सरकारको पहिलो निर्णयः सबै नागरिकलाई कोभिडको सहज खोप

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले सबै नागरिकलाई कोभिडको खोप सहज उपलब्ध गराउने निर्णय गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिइसकेपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको थियो। बैठकले जतिसक्दो छिटो सबै नागरिकको पहुँचमा खोप पुर्याउने निर्णय गरेको हो।

car ads

यस्तै बैठकले सरकारको प्रवक्तामा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई चयन गरेको छ।

मंगलबार प्रधानमन्त्रीमा देउवासहित ४ जना मन्त्रीहरुले शपथ लिनुभएको थियो । गृहमन्त्रीमा बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल र कानुनमन्त्री कार्की सम्मिलित मन्त्रिपरिषद् बैठक बसेको थियो ।

टिप्पणिहरु
Loading...