माधव नेपाललाई अब एमालेमा कुनै ठाउँ छैन : अध्यक्ष ओली ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारबाट आफ्नो निजी निवास बालकोट पुगे लगत्तै कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा ओलीले भन्नुभयो,‘आत्मालोचना गर्दै कमजोरी स्वीकारेर आए अन्यलाई एकपटक पार्टीमा मौका दिन सकिन्छ। तर, माधव नेपालले अब आत्मालोचना गरेर फर्किए पनि पार्टीमा स्वीकार्ने कुनै पनि ठाउँ छैन।’

ओलीले नेता नेपाललाई विश्वासघाती भएको आरोप लगाउँदै लाज सरम हराएका मान्छेको रूपमा चित्रण गर्नुभयो । निर्वतमान प्रधानमन्त्री ओली बालुवाटारबाट निजी निवास आउने क्रममा एमालेका कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए । कार्यकर्ताले स्कटिङ गरेर ओलीलाई निवास पु¥याएका हुन् ।

Comments
Loading...