विपक्षी एमालेको अवरोधकाबीच गण्डकीको बजेट बहुमतले पारित

हिमाली आवाज । गण्डकी प्रदेशसभाको विपक्षी नेकपा एमालेको अवरोधकाबीच गण्डकी प्रदेशको बजेट आज पारित भएको छ ।

एमालेका सांसदले बजेट पारित गर्न अवरोध गरेपनि आगामी आर्थिक वर्ष २०७८०÷७९ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गर्नुभएको थियो ।सभामा बजेट माथिको छलफल शुरु भएलगत्तै विपक्षी एमाले सांसदहरु उठेर विरोध गरेका थिए ।
सो क्रममा मर्यादापालक सुरक्षाकर्मी र सांसदबीच धकेलाधकेल भएको थियो । केही समयको अवरोधपछि एमाले सांसदहरुले बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

असार १ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले रु ३० अर्ब तीन करोड ९४ लाखको बजेट सभामा पेस गर्नुभएको थियो । बजेट पारित गर्नुअघि आफ्ना १० बुँदे माग सम्वोधन हुनुपर्ने अडान एमालेले राखेको थियो ।

Comments
Loading...