पोखरा महानगरप्रमुख जिसीलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

हिमाली आवाज । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । उहाँलाई आज विहान मस्तिष्कघात भएको थियो ।

प्रमुख जिसीलाई दिउँसो १२ः०० बजे एभरेष्ट हेलिकप्टरबाट काठमाडौँस्थित न्यूरो अस्पतालमा लगिएको र सोही अस्पतालमा उहाँको उपचार गरिने बताइन्छ ।

पोखरा–१२ स्थित आफ्नै निवासमा विहान ४ः०० बजेतिर उहाँलाई अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि लगत्तै मणिपाल अस्पताल लगिएकामा चिकित्सकले मस्तिष्कघात भएको पुष्टि गरेको महानगर प्रमुखका प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो । उहाँका अनुसार चिकित्सकले जिसीको अवस्था खतरामुक्त रहेको जानकारी दिएका छन् ।

Comments
Loading...