खोप दुरुपयोग रोक्न एक दिन स्थगित गरिएको हो : स्वास्थ्यमन्त्री अधिकारी

हिमाली आवाज । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारीले कोरोनाको दुरुपयोग रोक्न र अभियानलाई व्यवस्थित गर्न शनिबार पोखरा महानगरपालिका अन्तर्गत एक दिन कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित गरिएको बताउनुभएको छ ।

हिमाली आवाजसँगको कुराकानीमा मन्त्री अधिकारीले ५५ वर्ष माथिका नागरिक, यातायात मजदुर, शिक्षक, स्वास्थ्यकर्मी,वैदेशिक रोजगारीमा जाने नागरिक लगायतलाई प्राथमिकतामा राखेर शुरु गरिएको खोप कार्यक्रम आइतबारदेखी निरन्तर सञ्चालन हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“खोपका सम्बन्धमा धेरै गुनासाहरु आए । प्राथमिकतामा परेकाहरुले खोप नपाएको र दुरुपयोग भएको भन्ने भएपछि व्यवस्थित योजना बनाउन एक दिन खोप कार्यक्रम स्थगन गरिएको हो । दुरुपयोग रोक्नका लागि संयन्त्र विकास गरिएको छ, कडाईका साथ अनुगमन गछौँ । भोलीदेखीनै निर्धारित समूहले खोप पाउँछन् ।”

सरकार खोपलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र दुरुपयोग हुन नदिन सचेत रहेको भन्दै मन्त्री अधिकारीले साउन ३ र ४ गते मजदुरहरु र ५ गते वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि खोप कार्यक्रम कास्कीमा सञ्चालन गरिने जानकारी दिनुभयो ।

पोखरा महानगरका अन्य वडाहरुमा यसअघिकै कार्यतालिका बमोजिक कोरोना विरुद्धको खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ । प्रदेशवासी सबैलाई खोप पु¥याउन सरकार प्रतिवद्ध रहेको र संघीय सरकारसँग समन्वय भइरहेको मन्त्री अधिकारीले बताउनुभयो ।

Comments
Loading...