एमाले उपाध्यक्ष भीम रावलबाट सांसद पदबाट राजीनामा

काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल समूहका संसद भीम रावलले पदबाट राजीनमा दिनुभएको छ ।

पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहनुभएका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिन लागेका बताइन्छ ।

आइतबार बिहान कार्यदलका सदस्यहरुले विश्वासको मत दिनेबारे पार्टीबाट संस्थागत निर्णय गराउन गरेको प्रस्ताव नेता नेपालले अस्वीकार गरेपछि रावल यसबाट असन्तुष्ट रहेको बताइएको छ ।

Comments
Loading...