गायक अरुण थापाको सम्झनामा पोखरामा साङ्गीतिक कार्यक्रम हुने

हिमाली आवाज । पोखरेली युवा साँस्कृतिक परिवारले सदावहार गायक अरुण थापाको सम्झनामा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ ।

गायक थापाको २२ औं स्मृति दिवसको अवसर पारेर परिवारले स्व.अरुण थापा स्मृति दिवस–साङ्गीतिक कार्यक्रमलाई निरन्तरताखदिने भएको हो । कार्यक्रम साउन ९ गते शनिबार दिउँसो ४ बजे हुने जनाइएको छ ।

गीत सङ्गीत मार्फत सदावहार गायक अरुण थापाप्रति सम्झना, सम्मान र श्रद्धाञ्जली प्रकट गर्ने कार्यक्रम तय भएको पोयुसापका अध्यक्ष मोती भुजेलले हिमाली आवाजलाई जानकारी दिनुभयो । उहाँका अनुसार सो कार्यक्रम पोखराको न्यूरोडस्थित ‘न्यूरोड रोधीकल्व’मा सम्पन्न गरिने तयारी रहेको छ ।

पोखरेली युवा साँस्कृतिक परिवारका संस्थापक सदस्य समेत रहनुभएका अरुण थापाको वर्षौं देखि निरन्तर रुपमा अरुण थापाको स्मृतिमा साङ्गीतीक कार्यक्रमगर्दै आएको परिवारले यो वर्ष पनि निरन्तरता दिएको पोयुसापका सङ्गीत संयोजक एम.डी. काफ्लेले बताउनुभयो ।

कोभिड १९ का कारण विगतको जस्तो धेरै संख्यामा उपस्थिति गराएर कार्यक्रम गर्न नसकिएको भन्दै उहाँले संख्यात्मक रुपमा थोरै मानिसहरुको उपस्थिति रहे पनि गुणात्मक रुपमा कार्यक्रम भब्य गर्ने तयारी गरिएको बताउनुभयो ।

वि.सं.२००९ साल माघ ११ गते बाबु गुन्जप्रसाद थापा र आमा शान्ति थापा मगरको प्रथम सन्तानको रूपमा अरुण थापम मगरको जन्म भारतको कलकत्ता स्थित नेपाली महावाणिज्य दुतावासमा भएको थियो । वि.सं. २०३० सालमा पोखरा आएर बसोबास गर्न थाल्नुभएका गायक तथा संगीतकार थापाको पोखरासँग गहिरो सम्वन्ध रहेको गीतकार एवम पोयुसापका पूर्व अध्यक्ष विक्रम गुरुङले बताउनुभयो । गुरुङकै गीत कतै टाढा तिमीबाट पुगें भने म नै अरुणको पहिलो रेकर्ड भएको गीत हो ।

Comments
Loading...