पोखराको तालचोकमा स्कुटर र मोटरसाइकल ठक्कर खाँदा तीन घाइते

हिमाली आवाज । पोखरामा आज भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

पोखरा–२७ तालचोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा मोटरसाईकल चालक तनहुँ शुक्लागण्डकी नगरपालिका–३ बस्ने वर्ष २८ को गणेश बस्ताकोटी घाइते हनुभएको र उहाँको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

यसैगरी पछाडी सवार निजको भाई बुहारी २४ वर्षीया रबिना बस्ताकोटी भुजेलको अवस्था गम्भिर छ । स्कुटर चालक तनहुँको म्याग्दे गाउँपालिका–२ बस्ने ३३ वर्षीय अनिल बि.कको अवस्था मध्यम रहेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।

बा ८८ प ७०८७ नं. को स्कुटर र ग २० प ४६७२ नं. को मोटरसाईकल एकआपसमा ठक्कर खाएको थियो । घाइते तीनै जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा उपचार भइरहेको छ ।

Comments
Loading...