नेल्टाको कृत्रिम गर्भाधान तालिमको पोखरामा समापन

हिमाली आवाज । नेपाल पशु स्वास्थ्य प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको आयोजनामा भएको २ हप्ते पशु प्रजनन् तथा कृतिम गर्भाधान तालिम सम्पन्न भएको छ ।

दुई हप्तादेखि पोखरामा जारी पशु प्रजनन् तथा कृतिम गर्भाधान तालिम आईतबार समापन गरिएको हो । तालिममा प्रदेशका पशु प्राविधिकहरु सहभागि भएको नेल्टाका केन्द्रीय महासचिव सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।

तालिममा सहभागिहरुलाई गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
सो अवसरमा मन्त्री थापाले सिकेका कुरा व्यवहारमा उतारेर किसानलाई सेवा दिन आग्रह गर्दै किसानलाई सफल बनाउन पशु प्राविधिकको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

Comments
Loading...