एनआरएन हङकङका अध्यक्ष टीका गुरुङको पहलमा सार्दिखोला स्वास्थ्य चौकीलाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

हिमाली आवाज । गैर आवासीय नेपाली संघ(एनआरएन) हङकङले कास्कीको माछापुच्छ«े गाउँपालिका–२ स्थित सार्दिखोला स्वास्थ्य चौकीलाई दुई थान अक्सिजन कन्सनट्रेटर उपलव्ध गराएको छ ।

एनआरएन हङकङका अध्यक्ष समेत रहनुभएका राधिका गुरुङ(टीका)को विशेष पहलमा माछापुच्छ«े गाउँपालिकाका लागि प्राप्त अक्सिजन कन्सनट्रेर आज समाजसेवी नन्दकुमारी गुरुङले स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडाध्यक्ष विक्रम गुरुङलाई हस्तान्तरण गर्नुभयो ।

एनआरएनले कोभिड–१९ रोकथाम,व्यवस्थापन तथा विरामीहरुको सहज उपचारका लागि ती सामग्री सहयोग गरेको हो । सार्दिखोला स्वास्थ्य चौकीमा १० शैयाको आइशोलेशन सेन्टर निर्माण गरेर कोरोनाका विरामीको उपचार हुँदै आएको छ ।

माछापुच्छ«े एनआरएनका अध्यक्ष गुरुङको जन्मथलो समेत हो । कोरोनाको अहिलेको महामारी नियन्त्रणमा आफ्नोतर्फबाट केही सहयोग पुगोस् भनेर उहाँले आफ्नो ठाउँमा सो सहयोग गर्नुभएको बताइन्छ ।

कार्यक्रममा समाजसेवी नन्दकुमारी गुरुङले अक्सिजन सहयोग हस्तान्तरण गर्न पाउँदा आफूलाई खुःशी लागेको बताउनुभयो । एनआरएन हङकङले यसअघि सेती बाढी लगायतका विपत्तिहरुमा समेत सक्दो सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

साविक माछापुच्छ«्े, घाचोक, लाहाचोक लगायतका गाविसहरुमा सडक, पुल, लगायतका विकास निर्माणका काममा आफ्नो तर्फबाट योगदान गरेको स्मरण गर्दै उहाँले अहिले गाउँमा धेरै परिर्वतन भएको देख्दा खुःशी लागेको उल्लेख गर्नुभयो ।

माछापुुच्छ«े गाउँपालिका अध्यक्ष कर्ण गुरुङले मानवको विकासक्रम र अस्तित्वमाथि चूनौती बनेर आएको कोरोना भाइरससँग जुध्नका लागि सवैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

एनआरएन हङकङ र यसका अध्यक्ष राधिका गुरुङको पहलमा आफ्नो गाउँपालिकालाई प्राप्त अक्सिजन कन्सनट्रेरबाट विरामीको सहज उपचारमा सहयोग पुग्ने अध्यक्ष गुरुङको भनाई छ ।

अध्यक्ष गुरुङले भन्नुभयो,“कोरोना नयाँ चिज भएकाले हामीले पनि सिक्दै सिकाउँदै अघि बढेका छौँ । माछापुच्छ«े गाउँपालिकाले पनि भेँडाबारी प्राथमिक स्वास्थ्य केन्द्र र सार्दिखोलामा आइशोलेसन सेन्टर सञ्चालन गरेको छ । स्वास्थ्यकर्मीले गर्न सक्ने प्राथमिक उपचार यहीँ गर्ने र जटिल खालका विरामीलाई पोखरा रेफर गर्ने गरिएको छ ।”

वडाध्यक्ष विक्रम गुरुङले अक्सिजन कन्सनट्रेटर सहयोग प्रति आभार व्यक्त गर्नुभयो । स्वास्थ्य चौकीमा सञ्चालित आइशोलेसन सेन्टरबाट कोरोनाका विरामीको प्राथमिक उपचार सहज रुपमा गरिदै आइएको उहाँले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश खेलकूद परिषद्का सदस्य शुभकन्या गुरुङ,गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्य, सार्दिखोला स्वास्थ्य चौकी प्रमुख अनिता घिमिरे लगायतले भनाई राख्नुभएको थियो ।

Comments
Loading...