गण्डकीमा उमेर समूहकै आधारमा कोरोना खोप, मुख्यमन्त्रीबाट ११ वटै जिल्लाको कोभिड र विपद्को जानकारी

हिमाली आवाज । मन्त्रिमण्डलले पूर्णता पाएसँगै गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कार्यसम्पादनलाई तीब्रता दिनुभएको छ । आइतबार र सोमबार उहाँले प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालय प्रमुख, पालिकाका प्रमुख तथा अध्यक्षसँग जुम बैठक गर्नुभएको छ ।

कोरोना संक्रमण दर बढ्दै गरेको अवस्थामा खोप व्यवस्थापनका साथै आगामी दिनमा गर्न सकिने कामका बारेमा उक्त अवसरमा छलफल भएको छ । बाढी पहिरोले पु¥याएको क्षतिको विवरण संकलन साथै पीडितलाई राहत, विस्थापितलाई पुनस्र्थापना गर्ने बारेमा समेत मुख्यमन्त्री पोखरेलले जानकारी लिनुभयो ।

कोरोनाविरुद्धको लडाइँ र विपदलाई सामना गर्न ३ तहका सरकारबीच समन्वय जरुरी रहेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । १८ वर्ष उमेरमाथिको समूहलाई यथाशीघ्र कोरोनाविरुद्धको खोप दिलाउन सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले प्रदेशको प्रयासमा नेपाल सरकारबाट नियमित रुपमा खोप प्राप्त भएको बताउनुभयो ।

प्राप्त खोपलाई जनसंख्याको अनुपातका आधारमा वितरण गरी उमेर समूहका आधारमा खोप लगाइएको र बाँकी खोप प्राथमिकता तोकेर दिइएको पनि उहाँको भनाई छ । अहिले विभिन्न समूह खोपका लागि माग गर्दै आएको अवस्थामा उमेर समूह नै वैज्ञानिक देखिएकाले त्यसै अनुसार वितरण गर्नुपर्नेे भनाइ थियो । उहाँले भन्नुभयो,‘यो अभियानलाई निरन्तर दिँदै क्रमशः प्रदेशका सबै लक्षित समूहमा खोप पु¥याउने नीति लिएका छौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले कोभिड नियन्त्रणका लागि स्थानीय तहका पदाधिकारी र कर्मचारीको खटाइ असाध्यै अनुकरणीय रहेको भन्दै अबका दिनमा आउने जोखिमबाट बच्न पनि थप सचेत हुनुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका १८ वर्ष माथिको उमेर समूह सबैलाई खोप पु¥याउँछौं भनिरहे पनि विभिन्न समूहको माग थेग्नै मुस्किल रहेको उहाँको भनाइ थियो ।‘खोपका लागि धेरैजना आत्तिनुभएको छ । हामी प्रयासरत छौं, संघीय सरकारको मापदण्ड नै वैज्ञानिक छ, त्यसैलाई अवलम्बन गर्नुपर्छ । उहााले भन्नुभयो ।

प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले प्रदेशका १ तिहाइ जनसंख्यालाई खोप उपलब्ध भइसकेको भन्दै बढीभन्दा बढी खोप ल्याउन आफूहरु प्रयासरत रहेको बताउनुभयो ।

Comments
Loading...