गठबन्धनका तीन दलबीच मन्त्रालय भागवण्डामा सहमति,मन्त्री छान्न सकस कायमै

काठमाडौँ । सरकार गठन भएको दुई सातापछि सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र मन्त्रालय भागवण्डामा सहमति जुटेको हो ।

सरकारको नेतृत्व गरेको कांग्रेसले ८, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ७–७ वटा मन्त्रालय लिने सहमति गरेका छन् । मन्त्रालय भागवण्डा गरेसँगै तीन दलका शीर्ष नेताहरु मन्त्री छनोट गर्न जुटेका छन् । मन्त्री बन्ने आकांक्षी धेरै भएपछि गठबन्धनमा आबद्ध दललाई मन्त्री छनोट गर्न निकै सकस बन्दै गएको छ ।

बिहीबार बसेको गठबन्धनको बैठकमा नेपाल समूहलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी कांग्रेस, माओवादी र जसपाबीच समझदारी भएको छ । कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा टुंगो लागेको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार मन्त्रीमण्डल विस्तार गर्ने क्रममा नै मन्त्रालयका बारेमा जानकारी दिने तीन दलबीच सहमति भएको छ ।

Comments
Loading...