पत्रकार अधिकारीलाई धम्की दिइएकामा सर्वत्र विरोध, दोशीलाई कारवाहीको माग

हिमाली आवाज । पोखराका क्रियाशील पत्रकार रञ्जन अधिकारीलाई समाचार लेखेको विषयमा धम्की दिइएको भन्दै सर्वत्र विरोध भएको छ ।

पत्रकार महासंघ कास्की शाखा, गण्डकी प्रदेश समिति तथा पत्रकारसँग सम्बन्धित विभिन्न संघ संगठनले विज्ञप्ति मार्फत धम्कीको विरोध गर्दै दोशीलाई कानूनी कारवाहीको माग गरेका छन् ।

पोखरा–११ काहुँमा अवस्थित कालिका माध्यमिक विद्यालयको समाचारलाई लिएर विद्यालयका प्रधानाध्यापकका श्रीमान् पोखरा–११ बस्ने श्रीकृष्ण श्रेष्ठले पत्रकार अधिकारी र पोखरा न्यूजलाई सामाजिक सञ्जाल मार्फत धम्की दिएका दिएका थिए ।

पत्रकारलाई धम्की दिएकामा पत्रकार महासंघ कास्की, गण्डकी प्रदेश समितिले छुट्टाछुट्टै विज्ञप्ति निकालेर भत्र्सना गर्दै दोशीलाई कडा कानूनी कारवाही गर्न प्रशासनसँग माग गरेका हुन् ।

यसैगरी प्रेस चौतारी, प्रेस युनियन, प्रेस संगठन नेपाल, अनलाइन पत्रकार संघ, गण्डकी, खेलकूद पत्रकार मञ्च लगायतले पनि सञ्चारकर्मी र सञ्चार माध्यमलाई धम्की दिनेलाई कारवाहीको माग गरेका छन् ।

प्रेस चौतारी नेपालले भने महासंघले दोषीलाई कारवाहीको लागि नेतृत्व गर्न नसकेको भन्दै कास्की शाखाको भवनमा ताला लगाएको छ । पत्रकारसँग सम्वन्धित संघ संस्थाको दवावपछि प्रहरीले धम्की दिने श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ ।

 

Comments
Loading...