सिन्धुपाल्चोकमा पुनःबाढी,मेलम्चीको तटिय क्षेत्रमा सतर्कता अपनाउन अपिल

हिमाली आवाज । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका स्थित नाकोते खोलामा पुनः बाढी आएको छ । गत असार १ गते जत्तिकै बाढी आएको भन्दै तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बाढी आएको जानकारी दिँदै सतर्क रहन अपिल गर्नुभएको हो । खोला असार १ जतिकै आवाजमा आएको उहाँले बताउनुभयो।

यसैगरी बाग्मती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालले पनि बाढी आएको जानकारी दिनुभएको छ । “मेलम्ची खोलामा बाढी बढेको छ । कती भयानक छ भन्ने कुरा रातीको समय भएकोले सबै बुझ्न कठिन छ । धेरै श्रोतबाट खोला बढिरहेको खबर भएकोले थप स्थिति बुझ्दै सतर्क रहन सम्बन्धित सबैमा अनुरोध गर्दछु ।” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

असार १ गतेको बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा ठूलो जनधनको क्षति गरेको थियो भने सयौँ परिवार विस्थापित बनेका थिए ।

Comments
Loading...