बैंकिङ कसुरमा झन्डै १८ लाख जरिवाना तोकिएका पोखराका एक फरार प्रतिवादी

हिमाली आवाज । कास्की प्रहरीले बैंकिङ कसुरमा अदालतबाट १७ लाख ८४ हजार २५० रुपैयाँ जरिवाना तोकिएका र फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

दण्डहिनताको बिरुद्धको अभियान अन्तरगत गत वैशाख १५ गते उच्च अदालत पाटन ईजलास हेटौडाको फैसलाले बैकिङ कसुर मुद्दामा ७ दिन कैद सजाय र नगद जरिवाना तोकि हालसम्म फरार रहेका पोखरा महानगरपालिकावडा नं ०६ बस्ने ४२ वर्षीय खेमराज पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी टोलीले आज पौडेललाई घरबाटै पक्राउ गरी अदालतमा पेश गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

Comments
Loading...