कास्कीको माछापुच्छ्रेमा गोरु काटेको अभियोगमा पाँच जना पक्राउ

हिमाली आवाज । गोरु काटेको अभियोगमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–२ कसेरी बस्ने ५६ वर्षीय कुल बहादुर बि.क, २७ वर्षीय अरुण तामाङ, २१ वर्षीय अभिनाष तामाङ, २७ वर्षीय जित बहादुर तामाङ र पोखरा महानगरपालिका–१९ तितेपानी बस्ने ३९ वर्षीय कुमार श्रेष्ठ रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

हिजो राति अन्दाजी २१ः३० बजेको समयमा कसेरी स्थित हाईमान तामाङको खाली कुखुरा फर्म भित्र गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नियन्त्रणमा लिएकाहरुका बारेमा थप अनुसन्धान भईरहेको छ ।

Comments
Loading...