कास्कीमा आफ्नै श्रीमतीलाई लोहोरोले टाउकोमा हानेर हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

हिमाली आवाज । कास्कीमा आफ्नै श्रीमतीलाई लोहोरोले टाउकोमा हानेर हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

हिजो विहान अन्दाजी ०६ः०० बजेको समयमा माछापुच्छ«े गाउँपालिका–२ भुर्जुङखोला बाँझाखेत ६४ वर्षीय श्रीलाल कामीले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती बर्ष ५२ की श्रीमाया कामीलाई लोहोरो (मसला पिस्न प्रयोग गर्ने ढुङगा) ले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनएका थिए ।

गम्भीर घाइते श्रीमायालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याईएकोमा उपचारको क्रममा निजको मृत्यु भएको भएकलो श्रीमान श्रीलाल कामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरी टोलीले आफ्नै घरकोठामा लुकीछिपि बसिरहेको अवस्थामा पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान प्रकृया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

Comments
Loading...