कास्कीको मादीबाट भरुवा बन्दुक सहित एक पक्राउ

हिमाली आवाज । कास्की भरुवा बन्दुक सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गाउँपालिका–५ थाम बस्ने २६ वर्षीय कोष बहादुर गुरुङले अवैध रुपमा हात हतियार राखेको भन्ने गोप्य सूचनाको आधारमा खटि गएको प्रहरी टोलीले आज दिउँसो उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गुरुङको घर खान तलासी गर्दा घरबाट १६ बोर को दुई नाले भरुवा बन्दुक १ थान, कार्टिज ५ थान,बारुद अन्दाजी २०० ग्राम र सिसाको छर्रा १६ वटा फेला पारी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Comments
Loading...