माछापुच्छ्रेको वडा नं १ मा वाइसियल भेला, १५ सदस्सीय वडा कमिटी गठन

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को युवा संगठन वाइसियल नेपालले कास्कीका स्थानीय तहका वडाहरुमा संगठन विस्तार र सुदृढीकरणलाई तीव्रता दिएको छ ।

यसैक्रममा माछापुच्छ्रे गाउपालिका–१ मा वाइसियलको वडा कमिटी गठन गरिएको छ । भेलाले पुर्खा बहादुर पुनको नेतृत्वमा १५ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

भेलामा वाइसियल केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज मेखबहादुर विक(पहाड),कास्की संयोजक भोजराल पौडेल, माओवादी माछापुच्छ«े गाउँपालिकाका सचिव बैकुण्ठ प्रसाद भण्डारी लगायतले वाइसियल अव युवाहरुको नेतृत्यदायी संगठनका रुपमा स्थापित हुने बताउनुभएको थियो ।

Comments
Loading...