पोखरामा सुजुकीको एक्सचेञ्ज : १० गाडी साटफेर,१२ बुकिङ

हिमाली आवाज। सुजुकी गाडीको गण्डकी धौलागिरीको आधिकारिक विक्रेता बतास व्रदर्श प्रालिले पोखरामा सञ्चालन गरेको सुजुकी एक्सचेञ्ज कार्यक्रममा १० गाडी साटफेर भएका छन् । यही साउन २७ देखी २९ गतेसम्म सञ्चालित कार्यक्रममा १२ गाडी बुकिङ भएको कम्पनीका प्रवन्धक नवराज अधिकारीले जानकारी दिनुभयो ।

एक्सचेञ्जमा ग्राहकलाई रु चार लाखसम्म नगद छुट तथा रु दुई लाख एक्सचेञ्ज बोनस र सरल फाइनान्सको सुविधा प्रदान गरिएको बताइन्छ । सुजुकीका सबै मोडलमा ग्राहकको आकर्षण रहेको थियो ।

नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, इर्टिगा, एक्सएल६, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको छ । नेपालमा सुजुकी गाडी चौधरी ग्रुप अन्तर्गतको सिजी मोटोकर्पले विक्री वितरण गर्दै आएको छ ।

Comments
Loading...