कास्कीमा युवाहरुको वाइसियलमा आकर्षण,एकै दिन आधा दर्जन वडा कमिटी गठन

हिमाली आवाज । कास्कीमा केही दिन यता युवाहरुको आकर्षण नेकपा माओवादी केन्द्र निकट वाइसियल नेपालमा देखिएको छ । वाइसियलले जिल्लामा आफ्ना गतिविधिलाई बढाएसँगै युवाहरु वाइसियलमा संगठित हुन थालेका छन्नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को सहायक संगठन वाइसियल नेपाल कास्कीले संगठन विस्तारलाई तीव्रता दिएको छ ।

जिल्लामा गत सातादेखी वाइसियलका दिनहुँ भेला तथा संगठन विस्तार भइरहेको जिल्ला संयोजक भोजराज पौडेलले बताउनुभयो । कास्कीका विभिन्न स्थानीय तहका वडाहरुमा आज एकै दिन भेला तथा वडा कमिटीहरु गठन भएको छ ।

पोखरा महानगरपालिका–१९ लामाचौर पुरूनचौरमा भएको वाइसियल भेलाले विशाल तिवारीको अध्यक्षतामा ४५ सदस्सीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा विनोद पौडेल, धर्मराज बास्तोला र अनमोल सिके रहनुभएको छ । सचिवमा राम बहादुर नेपाली,सहसचिवमा आईषा ढुङ्गाना, नारायण केसी र सुदीप यादव हुनुहुन्छ ।

सुजन बास्तोलको अध्यक्षतामा भएको भेलाको सञ्चालन वसन्त बास्तोलाले गर्नुभएको थियो । यसैगरी पोखरा–२१ को वडा कमिटीको अध्यक्षमा रेशम अधिकारी, उपाध्यक्षमा विजयराज अधिकारी र खेमराज सुवेदी, सचिव कमल पौडेल, सहसचिव गोविन्द प्रसाद अधिकारी र कोषाध्यक्षमा विपसा गिरी चयन हुनुभयो । वडा कमिटी २५ सदस्सीय छ ।

वाइसियल पोखरा–२८ को अध्यक्षमा रामचन्द्र तिवारी, उपाध्यक्ष विकल तिमिल्सिना, सचिवमा सुवास बास्तोला रहेको २५ सदस्सीय कमिटी गठन गरिएको हो ।

यसैगरी पोखरा–३२ मा सुवास चन्द्र अधिकारीको अध्यक्षतामा ५१ सदस्सीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा अमित लामा, लोकेश गुरुङ र शिवबहादुर पुन , सचिव विकास थापा,सहसचिव आकाश गायक र अन्तिम नेपाली रहनुभएको छ ।

यसैगरी माछापुच्छ्रे गाउँपालिका–२ को माओवादी वडा कमिटीको अध्यक्षमा पुष्पराज गौतम चयन हुनुभएको छ । सचिवमा पदम तामाङ र वाइसियलको संयोजकमा भीम तामाङ चयन हुनुभयो ।

Comments
Loading...