दुई महिना अन्धकार बनेको मादीको सिक्लेसमा केन्द्रीय प्रशारणको बिजुली पुग्यो

हिमाली आवाज । कास्कीको मादी गाउँपालिका–१ मा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइनको बिजुली पु¥याइएको छ ।
बाढीले विद्युत आयोजनामा क्षति पु¥याउँदा पर्यटकीय गन्तव्य समेत रहेको सिक्लेस सहित मादी–१ का पार्चे र खिलाङ गाउँका ६५० घरधूरी असार १ देखी अन्धकारमा बस्न बाध्य थिए ।

शुरुआतमा सिक्लेमा स्थानीय लघुजलविद्युत आयोजनाबाट बिजुली बाल्ने गरिएको थियो । पछि सिक्लेस हाइड्रोबाट गाउँमा बिजुली बत्ती बाल्दै आएका गाउँले मादीको सहायक ङच नदीमा गत असार १ गते राति आएको बाढीले सिक्लेस हाइड्रो पावरमा क्षति पुगेपछि गाउँनै अँध्यारोमा बस्न बाध्य बने ।

सिक्लेसवासीलाई दुई महिनापछि शनिबारदेखी नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारणको बिजुली दिन शुरु गरिएको हो ।
मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले शनिबार थोक मिटर बक्सको स्विच अन गरी केन्द्रीय प्रशारण लाइनको शुभारम्भ गर्नुभएको थियो ।

सबै घरमा मिटर जडान गर्न समय लाग्ने भएकाले तत्कालका लागि एउटा सामूहिक मिटर राखेर पुरानो संरचनाबाट ६५० घरमानै बिजुली बालिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“बाढीले क्षति पुगेपछि दुई महिना जनताले दुःख पाएपनि हिजोदेखी विद्यूत प्राधिकरणसँगको समन्वयमा मादीको सिक्लेस, पार्चे तथा खिलाङ गाउँमा केन्द्रीय प्रशारणको बिजुली बलेको छ । सबैको निरन्तरको मिहिनेत र सहकार्यबाट गाउँमा बत्ति बाल्न सफल भएका छौँ ।”

गाउँपालिकाले केन्द्रीय प्रशारण नपुगेको गाउँमा विद्युत पु¥याउन यसअघिनै सम्झौता गरेको थियो । बाढीपछि लामो समय गाउँलेले दुःख पाएपछि तीव्रताका साथ काम अघि बढाइएको गाउँपालिका अध्यक्ष गुरुङ बताउनुहुन्छ ।

लामो समयपछि गाउँमा बिजुली बल्न शुरु भएसँगै अहिले गाउँले खुशीले दङ्ग भएको स्थानीय शिक्षक गेहेन्द्र गुरुङले बताउनुभयो ।
बिजुली अभावमा लामो समय वडा कार्यालय, बैँक,सहकारी,एक्याप कार्यालयको सेवा प्रभावित भएको थियो । गाउँमा मोवाइल चार्जको समेत समस्याले सञ्चार सम्पर्क गर्न समेत कठिनाई भएको बताइन्छ ।

यसैगरी मोवाइल टावर, फोन, इन्टरनेटका साथै कुटानी पिसानी मिलहरु समेत सहज रुपमा सञ्चालन हुने उहाँले बताउनुभयो । यसबीचमा निर्माणाधीन मादमे हाइड्रोले जेनेरेटरबाट दिनमा एक÷दुई घण्टा सिक्लेस गाउँमा बत्ती दिएपछि सामान्य राहत पुगेको थियो ।

दुई महिना अघिको बाढीले मादी नदी किनारमा निर्माणधीन र सम्पन्न भएका गरी आधा दर्जन जलविद्युत आयोजनामा क्षति पुगेको थियो ।
मादी नदीको प्रमुख सहायक नदीको रूपमा रहेकोे ङच खोलामा आएको बाढी पहिरोले सिक्लेस हाइड्रोपावर लिमिटेडको स्विच यार्ड र ड्याम, सहित सिक्लेस लघु जलविद्युतको बाँधमा ठुलो क्षति पुगेको छ ।

Comments
Loading...