एमाले विभाजन : माधव नेपालको नेतृत्वमा एमाले समाजवादी गठनका लागि निवेदन

हिमाली आवाज । संघीय संसदको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजित बनेको छ ।

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ भने चुनाव चिन्ह खुल्ला किताब प्रस्ताव गरिएपनि अर्कै पार्टीसँग जुधेकाले हाललाई कुनै निर्णय भएको छैन ।

नयाँ पार्टीमा नेता नेपाल नै अध्यक्ष रहेनु भएको छ भने झलनाथ खनाल वरिष्ठ नेता हुनुहुन्छ । नेपाल पक्षका दोस्रो तहका नेताहरुले भने पार्टी विभाजनमा नेता नेपाललाई साथ दिएनन् ।

उपाध्यक्षहरु भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य तथा उपमहासचिव घनश्याम भुसाल र सचिवद्धय गोकर्ण विष्ट र योगेश भट्राईले नेता नेपालको साथ छाडेका छन् । नयाँ पार्टीमा ९५ जना केन्द्रीय सदस्य रहेका छन् ।

निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेको बताउनुभयो ।

Comments
Loading...