कास्कीमा निषेधाज्ञामा कडाई,आजदेखी यातायातमा जोर विजोर

हिमाली आवाज । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि जिल्लामा निषेधाज्ञाको आदेशलाई पुनः कडाई गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आजदेखी लागू हुने गरी आगामी भदौ १० गते राति १२ः०० बजेसम्म जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी यातायातमा जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सञ्चाल गर्ने गरी जोर विजोर प्रणाली लागू गरिएको जनाएको छ ।

प्रशासनले सार्वजनिक यातायात सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पालना गर्न र स्वीकृत सिट संख्या भन्दा बढी यात्रु नराख्न आग्रह गरेको छ । अत्यावश्यक सेवाका सवारीमा भने जोर विजोर लागू नहुने स्पष्ट पारेको छ ।

कोभिड–१९ सङ्क्रमण दर, मृत्युदर आदिमा क्रमिक बृद्धि हुँदै गएको र त्यसको फैलावट र रोकथामलाई नियन्त्रणका लागि जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको हिजोको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

Comments
Loading...