सवारी दुर्घटनामा परी एकै दिन ६ जनाको मृत्यु

काठमाडौँ । सोलुखुम्बु, सिरहा, बारा र खोटाङका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सोलुखुम्बु, माप्य दुधकोशी गाउँपलिका–५ स्थित सडकमा बा.५४ प ७७२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–२ खाली बस्ने ३० वर्षीय सुमन राईको घटनास्थलमै मृत्यु भएको छ ।

सिरहा, धनगढीमाई नगरपालिका–७ स्कुल चोकस्थित सडकमा स.१० प ४२४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी १८ बर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, जितपुर सिमरा उपमहानगरपालिका–१६ टागियास्थित सडकमा प्र.२–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा.६५ प २७५६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा दुवै मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बा.६५ प २७५६ नम्बरको मोटरसाइकल चालक नुवाकोट बुङताङ बस्ने ४० बर्षीय टुलुराज तामाङ, प्र.२–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल चालक बारा निजगढ नगरपालिका–९ बस्ने १६ बर्षीय विकाश शाह र सोही मोटरसाइकलमा सवार ३५ वर्षीया सुनैना देबी शाह रहेका छन् ।

खोटाङ, केपिलासगढी गाउँपालिका–५ भुताप्सुस्थित सडकबाट ना.५ त. ६६०१ नम्बरको ट्याक्टर करिब १ सय ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय दिनेश राईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सह–चालक सोही ठाउँ बस्ने १९ उमेश राईलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लागिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Comments
Loading...