घाचोकमा माओवादी केन्द्रको कमिटी पुनःगठन,वाइसियल अध्यक्षमा पोखरेल

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को वडा पार्टी कमिटी पुनःगठन गरिएको छ ।पार्टी कमिटीको आज सम्पन्न विस्तारित बैठकले रिक्त वडा कमिटीमा सदस्य थप गर्दै कमिटीलाई पूर्णता दिएको हो ।

कमिटीको अध्यक्षमा गोपाल पोखरेल, उपाध्यक्षमा नारायण दवाडी, सचिव पदम नेपाल, सहसचिव हिमप्रसाद अधिकारी र कोषाध्यक्ष सीता पोखरेल रहनुभएको छ । माओवादीको वडा पार्टी कमिटी १३ सदस्सीय रहेको छ ।

यसैगरी आजनै वाइसियलको वडा कमिटी गठन गरिउको छ । भरत पोखरेलको अध्यक्षतामा गठित नौ सदस्सीय कमिटीको उपाध्यक्षमा पुष्पराज पोखरेल, सचिव राजेन्द्र नेपाली रहनुभएको छ । दुई सदस्य पछि मनोनित गर्ने बताइन्छ ।

कार्यक्रममा प्रमुख अतिथि वाइसियल कास्कीका संयोजक भोजराज पौडेलले युवाहरुलाई संगठित गर्दै विकास निर्माण, राष्ट्यिताको रक्षा र स्वाधिनताका लागि वाइसियलले नेतृत्व गर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका गाउँपालिका कमिटी सचिव बैकुण्ठ भण्डारी,  गाउँपालिका कमिटीका सल्लाहाकारद्धय चित्रनाथ लम्साल, बेदनिधि दवाडी लगायतले पार्टीलाई नयाँ आधारमा संगिठत गर्दै जनताको प्यारो पार्टी बनाउने गरी अघि बढ्न आग्रह गर्नुभएको थियो ।

वडा कमिटीका अध्यक्ष गोपाल पोखरेलको अध्यक्षतामा भएको विस्तारित बैठकमा स्वागत उपाध्यक्ष नारायण दवाडी र सञ्चालन गाउँपालिका कमिटी सदस्य शिव पोखरेलले गर्नुभएको थियो ।

वडा कमिटीका अध्यक्ष  पोखरेलले वडामा माओवादीको पार्टी संगठन विस्तारका लागि अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । पार्टी सदस्य विस्तारसँगै वडाको विकास निर्माण र जनताका आवश्यकता र चाहनालाई पूरा गर्न पार्टी केन्द्रीत हुने उहाँको भनाई छ ।
वडाध्यक्ष पोखरेलले भन्नुभयो,“घाचोकको विकास निर्माणको नेतृत्व अब हाम्रो पार्टीको काँधमा आएको छ । जनताका समस्या समाधानका लागि हामी अब प्रदेश सरकार र संघीय सरकारसँगै स्थानीय सरकारसँग निरन्तर आवाज उठाउने छौँ ।”

Comments
Loading...