गण्डकीका मन्त्रीद्वय कोरोनामुक्त,विहीवारदेखि मन्त्रालयमा नियमित

हिमाली आवाज । गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापा र कृषि, भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा कोरोना सँक्रमण मुक्त हुनुभएको छ । विगत १५ दिनदेखि होम आईसोलेसनमा रहनुभएका मन्त्रीद्वयको दोस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

सामान्य रुघाखोकी र ज्वरो देखिएपछि उपचार गर्न जाँदा दुई हप्ताअघि उहाँहरुको स्वाव संकलन गरिएको थियो । स्वाब परीक्षण गर्दा उहाँहरुमा कोरोना सँक्रमण पुष्टि भएको थियो ।

बुधवार गरिएको परीक्षणमा उहाँमा नेगेटिभ आएसँगै नियमित मन्त्रालयको काम शुरु गर्नुभएको थापाका प्रमुख स्वकीय सचिव लोकेन्द्र थापाले बताउनुभयो । चन्द्रबहादुर बुढामगरका प्रमुख स्वकीय सचिव प्रेम रोकामगरले पनि कोरोना मुक्त भए लगत्तै उहाँ मन्त्रालयमा नियमित काम गरिरहेको जानकारी दिनुभयो ।

Comments
Loading...