सबैका लागि सरकारी स्कुल भन्ने भावना आवश्यक : मन्त्री थापा

हिमाली आवाज । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरताको आवश्यकता रहेको बताउनुभएको छ ।

बिहीबार पोखरा ९ नयाँबजार स्थित नवप्रभात माविको सिसी क्यामेरा तथा बालउद्यान समुदघाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले सबैका लागि सरकारी स्कुल भन्ने भावनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले नयाँखालको शिक्षा नीति ल्याउन लागेको जानकारी गराउँदै मन्त्री थापाले अबको शैक्षिक स्तर व्यवसायिक मुखी हुनुपर्ने तर्फ जोड गर्नुभयो । उहाँले भन्नुभयो, “समाजले कस्तो खालको उत्पादन खोजेको छ, त्यस्तै प्रवृतिको शैक्षिक पद्धती हुन जरुरी छ । बजारको मागअनुसारको शिक्षा दिनु पर्ने आजको आवश्यकता हो । समयसापेक्ष शिक्षा नीतिमा गण्डकी सरकार समेत लागिरहेको छ ।”

नैतिक शिक्षामा मन्त्रीथापाले जोड दिनुभएको छ । प्रविधिको विकास सँगै यसको सदुपयोग सही ढंगले नहुँदा बालबालिकाले पढाईप्रति ध्यान नदिने जस्तो प्रवृति मौलाएको र यस्तो समस्याको समाधान गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

Comments
Loading...