पोखरामा विस्तार हुदै क्यालिस्थेनिक्स

हिमाली आावज । पोखरामा क्यालिस्थेनिक्स व्यायाम विस्तारै हुदै गएको छ । क्यालिस्थेनिक्स एक प्रकारको व्यायाम हो । यसमा पोखरा युवाहरु विस्तारै एक भएर आगडी बढ्न थालेका छन् । युवाहरुले बारस्वाड नेपाल क्लब नै बनाएर व्यायाम लागेका छन् ।

उनीहरुले यस्ता व्यायाम गर्ने क्यलिस्थेनिक्स पार्कहरु पनि निमार्ण गर्दै अगाडी बढेका वारस्वाड नेपालका अध्यक्ष जस्पर गुरुङले जानकारी दिनुभयो । युवाहरुलाई प्रशिक्षण समेत दिँदै आएको उहाँले बताउनुभयो । अमेरिकाबाट शुरु भएको यो व्यायाममा पुल अप, पुस अप, बक्स जम्प, प्यारालल डिप्स, बर्पी, टायर फ्लीक्स र फार्मर्स क्यारी जस्ता खेल कौशल सिकाउने गर्दछन् ।

पोखरामा सन् २०१६ देखी क्यालिस्थेनिक्स गर्दै र सिकाउदै आएको उहाँले जानकारी दिनुभयो ।क्यालिस्थेनिक्स गर्नका लागि पार्क आवश्यक हुने र अहिले पोखरामा करिब एक सय खेलाडी रहेको बताइन्छ ।

विशेषगरी हातको शक्तिले शारीरिक ब्यायाम गर्नुलाई क्यालिस्थेनिक्स भनिन्छ । यो खेलमा शारीरिक सुगठन र जिम्न्यास्टिक खेलका विशेषता मिश्रित हुने र अहिले साहसिक खेलका रुपमा चिनिन थालेको वारस्वाड नेपालका सदस्य विनेक खड्काले बताउनुभयो । पोखराको मियापाटन, चाउथे, विरोटा, लेकसाइड लगाएतका ठाउँमा पार्क बनाएर व्यायाम गरिएको छ ।

क्यालिस्थेनिक्स व्यायामले जीवनमा धेरै सकारात्मक परिवर्तनहरू ल्याउने गरेको खेलाडी विधान रेग्मीले बताउनुभयोे । उहाँका अनुसार पार्कको निर्माण गर्न सरकारले सहयोग गर्नु आवश्यक छ ।

Comments
Loading...