मन्त्री बरालद्धारा मादीको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण

हिमाली आवाज । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले यस बर्षको बाढी र पहिरोबाट प्रभावित भएको कास्कीको केही ठाँउको अवलोकन गर्नु भएको छ । मन्त्री बरालले कास्कीको मादी गाउँपालिकाको चासु, पोखरा १३ को कसेरी नजिकको बाढी र पहिरोबाट प्रभावित भएको बाटो लगायतको शनिबार अवलोकन तथा निरीक्षण गर्नु भएको हो ।

पोखरा देखि काहुँखोला हुदै पर्यटकीय गाँउ ताङतिङ जाने सडक गत असारबाट बाढी तथा पहिरोले बत्काएका कारण हाल त्यसको बैकल्पिक बाटोबाट यातायात संचालन गरिएको छ ।

त्यसै गरी पोखरा १३ आर्वा विजय, कसेरी नजिकको क्षेत्रमा बाढी र पहिरोले पुराएको क्षतीको अवलोकन गर्दै मन्त्री बरालले जनताको आधार भूत आवश्यकता पुरा गर्न बाढी पहिरोले पारेको प्रभावलाई प्रदेश सरकारले सम्बोधन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“ बाढी र पहिरोले यस बर्ष धेरै क्षती पुगेको छ, जनताका आधारभूत कुरा उपलब्ध गराउन प्रदेश सरकार तयार छ, यसको लागि कहाँ के गर्नु पर्छ हामी सहयोग गछौं । ”

मन्त्री बराल सहितको टोलीसंग मादीमा नेकपा माओबादी केन्द्र मार्दी गाउँ पालिकाका अध्यक्ष कृष्णराज दाहाल, मादी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष लालबहादुर गुरुङ, पोखरामा पोखरा १३ का वडा अध्यक्ष दर्शन लामा लगायतको सहभागिता रहेको थियो ।

 

Comments
Loading...