एमाले सांसदको नाराबाजीपछि संसद् बैठक स्थगित

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज पनि स्थगन गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले संसद् बैठक आउँदो मङ्गलवार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभएको हो ।

यसअघि गएका दुई वटा बैठकमा पनि एमालेका सांसदहरूले विरोध गरेका थिए । एमालेको विरोध र नाराबाजीकै बीचमा सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट सार्वजनिक गरिसकेको छ ।

आफूले कारवाही गरेका १४ सांसदलाई सभामुख सापकोटाले कारवाहीको सूचना नदिएको भन्दै एमाले सभामुखसँग आक्रोशित छ ।

Comments
Loading...