लागू औषध सहित पोखरामा दुई जना पक्राउ

हिमाली आवाज । लागू औषध सहित पोखराबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखराको हल्लनचोक बस्ने वर्ष २३ का प्रशान्त परियार र पोखरा महानगरपालिका वडा नं.०१ सिमपानी बस्ने वर्ष २० को अश्विन गुरुङ रहेका छन् ।
कास्की जिल्लामा लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरोशाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले हिजो साँझ उनीहरुको साथबाट लागू औषध ब्राउनसुगर मिलिग्राम र मोवाईल दुई थान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुबैजनालाई लागू औषध सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रनाउ सुवास हमालले जानकारी दिनुभयो ।

Comments
Loading...