पोखराका मैनालीको बाइकको लेगार्डमा झुण्डाएको सात लाख ७६ हजार हरायो

हिमाली आवाज । पोखराका एक व्यक्तिको सात लाख ७६ हजार रुपैयााँ हराएको छ ।

सोमबार दिउँसो अन्दाजी ११ः४० बजेको समयमा पोखरा महानगरपालिका वडा नं.५ पर्स्याङ सिमाना मार्गबाट न्यूरोड नगरपालिकाको कार्यालयसम्म आउने क्रममा बारा घर भई हाल पोखरा महानगरपालिका वडा नं.१४ चाउथे बस्ने २८ वर्षीय हरिकृष्ण मैनालीको प्लाष्टिकको झोलामा राखेको पैसा हराएको कास्की प्रहरीले जनाएको छ ।

मोटरसाईकलको लेगगार्डमा झुण्याई हिडिरहेको अवस्थामा हराएको भनि प्रहरी कार्यालयमा जानकारी गराएकाले कोही कसैले फेला पार्नु भएमा नजिकको प्रहरी कार्यालयमा बुझाउनु हुन प्रहरीले आग्रह गरेको छ ।

Comments
Loading...