मन्त्रिपरिषद्ले केही दिनमा पूर्णता पाउँछ : मन्त्री भुसाल

दमौली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले आज बेलचौतारामा आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले लामो समयदेखि रोकिएको मन्त्रिपरिषद् विस्तारले अब पूर्णता पाउने जानकारी दिनुभयो ।

मन्त्री भुसालले भन्नुभयो,“दुई महिनादेखि मन्त्रिपरिषद् अपूर्ण छ, यही भदौ ३० गते संसदबाट बजेट पास भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।”
उहाँले वर्तमान सरकारले जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सङ्गठन विस्तारमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

Comments
Loading...