बगैचा टोल विकास संस्थामा मिना ढकाल

गणेश पहारी
हिमाली आवाज । बगैचा टोल विकास सस्था पोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा पुन ः मिना ढकाल चयन हुनुभएको छ ।संस्थाको बुधबार सम्पन्न प्रथम अधिबेशन तथा दोस्रो साधारणसभाले ढकालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरको हो ।

सस्थाको उपाध्यक्षमा उर्मिला ढकाल, सचिवमा रेनु थापा लामिछाने, कोषाध्यक्षमा राम ढकाल र सहसचिबमा रमा शिबभक्ती चयन हुनुभयो ।
सदस्यहरुमा बासु बराल, चन्द्रकला घिमिरे पहारी, गौमाता कुवँर, मिठु गिरी , शोभाखर सुनार, जानुका पौडेल, कृष्ण शाक्य, चन्द्र रानाभाट, हरि ढकाल र सीता पौडेल हुनुहुन्छ । निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

निर्वाचन अघि भएको संस्थाको अधिबेशनमा उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा न ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले वडा न ६ रहेको २७ वटा टोल विकास संस्थाहरु मध्य बगैचा टोल विकास संस्था अरु भन्दा पृथक रहेको बताउनु भयो । संस्थाले समाज रहेका विकृति विसंगतिलाई न्युनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरको र आफ्नो क्षेत्रमा फोहोर मैला ब्यवस्थापनमा समेत उलेख्य योगदान रहेको उहाँले उल्लेख गनुभयो ।

बैदाम क्षेत्र पर्यटकीय क्षेत्र भएकोले पर्यटकीय मजदुर देखी सम्पूर्ण वडाबासीहरुलाई कोभिड रोग विरुद्दको खोप उपलब्ध गराउन आफुले जति सक्दो छिटो स्थानिय देखी प्रदेश सरकारसँग माग गरको उहाँले जानकारी दिनुभयो ।

टोल सुधार समन्वय समितिका बैदामा पूर्व अध्यक्ष तथा रेडक्रस बैदामका सभापति गिरीराज अधिकारीले सस्थाले समाजमा रहेको विकृति विसंगति सहित अन्धविश्वास लगायतका विरुद्ध जनचेतना फैलाउन आग्रह गर्नुभयो ।

अध्यक्ष मिना ढकालले संस्थाले आफ्नो क्षेत्र भित्र फोहोर मैला ब्यवस्थापन देखी कोभिड र डेङ्गु रोगको बारेका जनचेतना सहित प्रचार पम्पिलेट सहित घरदैलो गरेको स्मरण गर्दै, सदस्यहरुको क्षमता विकास गर्ने उद्ददेश्यले तालिम र अभिमुखीकरण कार्यक्रम गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष उर्मिला ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएकामा सचिब रेनु थापा लामिछाने सल्लाहकार प्रेमनारायण अधिकारी, सल्लाहाकार बलराम गिरी, मिडिया सल्लाहाकार गणेश पहारी, सदस्य बासु बराल लगाएतका बक्ताहरुले संस्थाले समाजमा पु्याएको योगदानको बारेमा चर्चा गर्दै सदस्यहरुको क्षमता अभिवृद्धि देखी आर्थिक स्तरमा वृद्धि हुने खालका कार्यक्रम ल्याउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा सचिब लामिछानेले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कार्यबाहक कोषाध्यक्ष बासु बरालले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्र्मत पारित गरेको थियो ।

Comments
Loading...