हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिकाले बाल दिवसका अवसरमा अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा रिभानमा अवस्थित निष्पक्ष माविका छात्रा समिति बरालले प्रथम स्थान हासिल गरेकी छन् । प्रथम हुन सफल बरालले रु पाँच हजार नगद पुरस्कार प्राप्त गर्न सफल भइन् ।
यसैगरी पृथ्वीनारायण माविका छात्रा रञ्जिता भण्डारी द्वितीय, भुमेश्वर माकिा वडा नं ६ का छात्र निर्मल ढुङ्गानाले तृतीय स्थान र श्री माछापुच्छ्रे मा.वि सार्दिखोलाका छात्रा सन्ध्या भण्डारीले सान्तवना स्थान हासिल गरी क्रमशः रु चार हजार, तीन हजार र दुई हजार पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरे ।

“सामान्य अवस्था वा कोभिड महामारीः वाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी“ भन्ने नाराका साथ कोभिड १९ का कारणले बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा पारेको प्रभाव यसका अवसर तथा चुनौतिहरु भन्ने शिर्षकमा प्रतियोगिता आयोजना गरिएको थियो । उक्त गाउँपालिकाभित्र रहेका सामादायिक र संस्थागत गरी जम्मा ११ वटा माध्यमिक विद्यालयहरुमध्ये ११ वटै विद्यालयहरुको सहभागिता रहेको थियो।
गाउँपालिकाका उपाध्यक्ष कृष्ण कुमारी पौडेल दवाडी ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरानाका कारण बालबालिकाले विद्यालयमा गएर अध्ययन गर्न पाउने अधिकारबाट बञ्चित बनेको बताउनुभयो ।
सोही अवसरमा माछापुच्छ्रे गाउँपालिका वडा नं ४ निवासी ज्ञानज्योति माध्यमिक विद्यालय मा अध्ययनरत छात्र विवेक परियारलाई एथलेटिक्स खेलाडीको रुपमा नगद रु पाँच हजारबाट सम्मान गरिएको थियो ।