हिमाली आवाज । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशलाई आत्मनिर्भर बनाउन उत्पादनमा आधारित उद्योग धन्दा स्थापना गर्नुपर्ने बताउनुभएको छ ।
पोखरा चेम्बर अफ कमर्स कास्कीको शनिबार सम्पन्न भएको तेश्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनको उद्घाटन गर्दै मन्त्री बरालले प्रदेशलाई आत्मनिर्भर बनाउनको लागि उत्पादनमा आधारित उद्योग धन्दा खोल्नुपर्ने बताउनुभएको हो ।
कच्चा पदार्थको उपलब्धताको आधारमा सानो देखि मझौला हुदै ठुला उत्पादनमा आधारित उद्योग स्थापना गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । निजी क्षेत्रको पुंजिलाई कसरी सदुपयोग गर्न सकिन्छ त्यसमा प्रदेश सरकार तयार रहेको बताएका मन्त्री बरालले निजी क्षेत्रलाई उत्पादनमा आधारित उद्योगहरु संचालन गर्न अघि बढे कानूनि बेबदान र समन्य तथा सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गर्नुयो ।
“बामे सर्न लागेको हाम्रो अर्थतन्त्र फेरी कोभिड —१९ ले पछि धकेलिएको छ, सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानमा निजी पुँजीलाई अब ठिक ढंगले परिचालन गर्नुपर्छ । ” उहाँले भन्नुभयो ।
देशको आर्थिक विकास हुन बजारमा चहल पहलसंगै राजनीति स्थिरता आवश्यक पर्ने मन्त्री बरालको भनाई छ । गण्डकी प्रदेशको अर्थतन्त्र सुदृण हुने गरी ध्यान केन्द्रित गर्न सकरात्मक सोच बनाउनु निजी क्षेत्र अघि बढ्न उहाँले सुझाव दिनुभयो ।निजी पुंजिको सुरक्षाको लागि र कानूनी प्रकृयालाई सरलीकरण गर्न आफ्नो क्षेत्रबाट पहल गर्ने मन्त्री बरालको भनाई थियो ।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका संस्थापक अध्यक्ष किसान सुनार, सचिव एवं एक व्यक्ति एक संस्था अक्सिजन ग्याँस सिलिण्डर कार्यक्रमका संयोजक प्रेम सुवेदी, महिला उद्यमी एवं व्यवसायी टिका गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।