पोखरा चेम्बर अफ कमर्सको अध्यक्षमा यमनाथ पौडेल

हिमाली आवाज ।  पोखरा चेम्बर अफ कमर्स कास्कीको सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको छ ।

प्रथम अधिवेशनबाट अध्यक्षमा यमनाथ पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरी  निवर्तमान अध्यक्ष किसान सुनार, वरिष्ठ उपाध्यक्ष प्रेमबहादुर भुजेल, उद्योग, बस्तुगत, वाणिज्यतर्फका उपाध्यक्षहरुमा क्रमशः ज्ञानबहादुर नेपाली,उमराज बास्तोला र प्रेमप्रसाद सुवेदी चयन हुनुभयो । महासचिवमा नवराज आचार्य, सचिवद्धयमा नविन बराल र विष्णुप्रसाद बास्तोला, कोषाध्यक्ष सुरेश दाहाल, सहकोषाध्यक्ष कल्पनादेवी तिमिल्सिना सहित ११ पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

कार्य समितिको सदस्यमा पोखरा महानगरबाट सविन जिसी, कर्पोरेटबाट रुद्रप्रसाद अर्याल र विनोद भुजेल, बस्तुगततर्फबाट पवित्रबहादुर नेपाली, विक्रम पन्त, दिपक तिमिल्सिना र इन्द्रप्रसाद भुवाई हुनुहुन्छ ।

कार्य समिति औद्योगिक क्षेत्रबाट पूर्णशोभा गुरुङ र श्याम मल्ल, नगरतर्फबाट पम्फा देवकोटा, अन्नपूर्ण गाउँपालिकाबाट सुरेन्द्र गुरुङ, इकाईबाट दुर्गादत्त पोखरेल र वडाबाट जीवन ढुंगाना निर्वाचित हुनुभयो ।

कार्य समिति सदस्यमा खुल्लातर्फबाट बोधराज सुवेदी,सुवास सुवेदी, गोकर्ण अधिकारी, पदमलाल श्रेष्ठ, मनहरी दाहाल, विशाल गुरुङ, प्रकाशकुमार श्रेष्ठ, योगकुमारी गौतम,कृष्णराज पोखरेल,कमलबहादुर भुजेल र शम्भु अधिकारी निर्वाचित भएको बताइन्छ ।   चेम्बरको विधान अनुसार पछि ४ जनालाई मनोनित गरिने छ ।

Comments
Loading...