विद्यालयको पर्खाल भत्किदा पोखरामा एक जनाको मृत्यु

हिमाली आवाज । विद्यालयको पर्खाल भत्किएर लाग्दा पोखरामा एक जनाको मृत्यु भएको छ ।

हिजो विहान अन्दाजी ११ः०० बजेको समयमा पोखरा महानगरपालिका–१३ बाझपाटन स्थित बालकल्याण माध्यमिक विद्यालयको पुरानो पर्खाल भत्काउने काम गर्ने क्रममा भारत वेतिया जिल्ला बसन्तपुर घर भई हाल मियापाटन बस्ने २० वर्षीय रितेश रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्खालले च्यापि घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिनुभयो ।

Comments
Loading...