महिलाका हक अधिकार कार्यान्वयनको माग सहित कास्कीमा स्थानीय तहमा अनेमसंघ क्रान्तिकारीले बुझायो ज्ञापनपत्र

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को महिला संगठन अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले संविधान प्रदत्त महिला हक अधिकार कार्यान्वयनको माग गरेको छ  ।

क्रान्तिकारीको केन्द्रीय समितिले शुरु गरेको “संविधान प्रदत्त महिला अधिकार कार्यान्यन हाम्रो अभियान, एकताबद्ध महिला संगठन सुदृढ,विस्तार र महिला जागरण” बिज अभियान अन्तर्गत कास्कीमा पनि स्थानीय सरकार समक्ष अधिकार कार्यान्वयको माग गरी पाँच वटै तहमा ज्ञापन पत्र बुझाइएको छ ।

आइतबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा अन्नपूर्णका उपाध्यक्ष सगुन गुरुङ माछापुच्छ्रेका उपप्रमुख कृष्णकुमारी दवाडी र मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङलाई अनेमसंघ क्रान्तिकारीले ज्ञापन पत्र बुझाएको माओवादी केन्द्रकी नेतृ सिर्जना त्रिपाठीले जानकारी दिनुभयो ।

संविधानमा व्यवस्था गरिएका महिलाका हक,अधिकारहरु स्थानीय सरकार समक्ष कार्यान्वयनको गरिएको त्रिपाठीले बताउनुभयो ।

“संविधानले दिएका कतिपय अधिकारहरु अझै पनि महिलाले उपभोग गर्न पाएका छैनन् । संविधान प्रदत्त सबै अधिकारको कार्यान्वयका लागि स्थानीय सरकारसँग माग गरेका छौँ ।”महिला नेतृ त्रिपाठीले भन्नुभयो ।

स्वास्थ्य संस्था,शिक्षण संस्था, विद्यालय,विश्वविद्यालयको वरपर निश्चित दुरी सम्म धु्रमपान,मद्यपान,जुवा तास निषेधित क्षेत्र घोषणा गर्नु पर्ने, माध्यमिक तहसम्म किशोरीमैत्री वातावरण बनाउन किशोरीहरूलाई आराम कक्ष, शौचालयको व्यवस्था, स्यानी टरी प्याडको सहज व्यवस्था,पालिका भित्रका हरेक माध्यमिक विद्यालयमा एक जना स्टाफ नर्सको व्यवस्था गर्नु पर्ने अनेमस (क्रान्तिकारी) को माग रहेको छ ।

यस्तै,आमाको नाम बाट नागरिकता प्राप्त गर्ने सहज वातावरण निर्माण गर्नु पर्ने, छोरा सहर छोरीलाई पैतृक सम्पत्तिमा समान अधिकारको व्यवस्था,लैङ्गिक उत्तरदायित्व बजेट १० प्रतिशत व्यवस्था गरी जनचेतना तालिम, सिप सिकाई आदिमा प्रयोग,महिला हिंसा मुक्त पालिका घोषण गरियोस्, स्थानीय तहमा अल्पकालिन सुरक्षित गृहको व्यवस्था, छोरीको लागी जन्मेपछि खाताको व्यवस्था र माध्यमिक शिक्षा सम्म निःशुल्क शिक्षाको व्यवस्था गरिनुपर्ने माग अघि रहेका छन् ।

Comments
Loading...